default_image

7 years ago

March 27, 2018

जिल्लाब्यापी रनिङ शिल्ड ब्याडमिन्टन सुरु

90 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – प्रथम ललितपुर जिल्लाब्यापी रनिङशिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितमा यु–१५ पुरुष, शीर्ष २० बाहेका पुरुष युगल, भेट्रान ३५ वर्षमाथि जोडी गरी तीन विधामा प्रतिस्पर्धा हुने ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुनिल शाक्यले जानकारी गराए । ललितपुर जिल्ला भित्रका २६ क्लबको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ १४ खेलाडीले तथा पुरुष जोडीतर्फ ४६ र भेट्रान्स जोडीतर्फ २७ जोडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमश ब्वाईज तर्फ ८, ५ र २ हजार, पुरुष जोडी तर्फ १०, ७ र ४ हजार तथा भेट्रान्स तर्फ ८, ५ र २ हजर सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्ट र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संयुक्त रुपमा गरे ।

Success

Thank you for your time.