default_image

7 years ago

February 2, 2018

माघमा बबिन स्मृती र फागुनमा राजत स्मृति ब्याडमिन्टन हुने

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किङ कम स्पोर्टस् क्लब, भिमसेनगोलाको आयोजनामा आठौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता माघ २७ देखि हुने भएको छ ।

पुरुष जोडी मात्र खेलाइने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको २० औं र्‍याङिकङमा परेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगिता संयोजक राजु रायमाझीले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने प्रतियोगितामा विजयी हुने जोडी रनिङ शिल्ड, मेडल र प्रमाण पत्रका साथै नगद ४० हजार प्राप्त गर्ने छन् भने दोश्रो र तेश्रो हुने जोडीले नगद २५ र १५ हजारका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जारी विज्ञप्तीमा जनाईएको छ । प्रतियोगितामा करिब ३६ टिमको सहभागिता रहने अपेक्षा गरिएको संयोजक रायमाझीले जनाए ।

यस्तै नेपाल मदिरा ब्यबसायी महासंघको आयोजनामा तेश्रो राजन स्मृती अन्तर मदिरा ब्याडमिन्टन प्रतियोगिता फागुन ५ र ६ गते आयोजना हुने भएको छ । मदिरा ब्यबसायी महासंघका पूर्व केन्द्रिय सदस्य तथा खेल प्रेमी स्व. राजन सापकोटाको सम्झनामा आयोजना गरिने प्रतियोगितामा नेपालभरिका मदिरा ब्यबसायसंग सम्वन्धित मदिरा उत्पादक, आयातकर्ता, वितरक, थोक तथा खुद्रा मदिरा ब्यबसायीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

मदिराले स्वास्थ्यमा हानि पुर्‍याउने भन्ने जनधारणलाई निराकरण गर्ने उद्धेश्यले मदिरा ब्यबसायीहरु स्वास्थ्य प्रति पनि जागरुक छन् भन्ने भावनालाई मूर्त रुप दिन ब्याडमिन्टन खेलको माध्यमलाई लिएको मदिरा ब्यबसायी महासंघका महासचिव बिष्णु खड्काले जनाएका छन् । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी र भेट्रान्स जोडीमा प्रतिस्पर्धा हुने महासचिव खड्काले जनाए ।

विजयी खेलाडीहरुलाई ट्रफी र प्रमाण पत्र सहित ब्याडमिन्टन खेल सामाग्री प्रदान गरिने छ । उपत्यका बाहिरबाट प्रतियोगितामा सहभागी हुने सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुको लागि आउने जाने यातायात खर्च प्रदान गरिने समेत आयोजकले जनाएका छन् ।

Success

Thank you for your time.