7 years ago
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी नङ्सल तामाङले पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको ‘महिला वर्ष खेलाडी’ को उपाधि जितेकी छिन् ।
नङ्सलले भाइ रत्नजितसँग मिक्स डबल्समा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्णपदक दिलाएकी थिइन् । गत वर्ष सम्पन्न पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा तामाङ दिदीभाइले स्वर्णपदक जितेका थिए ।
अन्य मनोनयन : ज्ञानु अवाले, सरस्वती भट्टराई , सावित्रा भण्डारी कान्छीमाया कोजु ।