default_image

23 hours ago

March 23, 2025

प्रिन्स राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

260 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहालले
तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् ।

बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे।

सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए ।

हिमाल चन्द र देवराज संयुक्त रुपमा तेस्रो भए । प्रिन्सले ट्रफीसहित ५० , क्षितिजले ३० तथा हिमाल र देवराजले समान २० हजार रुपैयाँ प्राप्त गरे।

मेन्स डबलतर्फ एपिएफका भोज बहादुर गुरुङ र प्रनिश सिंह ठकुरीको जोडी विजयी भयो । भोज र प्रनिशको जोडीले फाइनलमा लाफा ब्याडमिन्टन क्लब, बुटवलका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हरायो ।

आर्मीका प्रविन लिङथेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरुको जोडी तेस्रो भयो।
भेट्रान्स ४५ वर्ष माथि लाफाका राजु गुरुङ र सुदिप योञ्जनको जोडी च्याम्पियन बन्यो ।

सुपर भेट्रान्स ५५ वर्ष माथि अनिल लाखे र शम्भु कुमार श्रेष्ठको जोडी तथा मास्टर भेट्रान्स ६० वर्ष माथि प्रेम प्रसाद गुरुङ र विष्णुलाल श्रेष्ठको जोडी विजयी भयो ।

प्रतियोगितामा विजेता तथा उप विजेतालाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, क्लबका अध्यक्ष पंकजकिशोर ज्ञवाली, कार्यक्रम संयोजक शम्भु भट्टराई, सहसंयोजक बाल्दर गोदार लगायतले पुरस्कृत गरे।

Success

Thank you for your time.