default_image

8 years ago

December 12, 2016

अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज आज सुरु हुँदै, नेपालका २२ खेलाडीले प्रतिस्पर्धा गर्ने

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा आजबाट नेपाल बिडब्लूएफ योनेक्स–सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ सुरु हुँदैछ । पाँच दिनसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित ९ राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

badminton
सिरिजमा नेपालका २२, भारतका २०, बंगलादेशका ९, पाकिस्तानका ७, भियतनाम ६, माल्दिभ्सका ४, इन्डोनेसियाका २, मलेसिया र इरानका १/१ खेलाडीले पाँच इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । पूर्व निर्धारित राष्ट्र न्यूजिल्यान्ड, श्रीलंका र सिरियाको भने सहभागिता नहुने भएको छ । सिंगापुरका रेफ्री ह्याङ स्याङ चिउको नेतृत्वमा सिरिजमा १२ जना विदेशी र ६ जना नेपाली अम्पायर रहनेछन् ।

सिरिजमा मेन्स सिंगल्समा ३४, उमन्स सिंगल्समा २२ जनाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै मेन्स डबल्समा १४, उमन्स डलब्समा १२ र मिक्स डबल्समा १४ जोडीले प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लूएफ) र ब्याडमिन्टन एसियाको स्वीकृतिमा नेपाल बिडब्लूएफ अन्तर्राष्ट्रिय सिरिज मंगलबार सुरु भइ पौष २ गते सम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । सिरिजलाई राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग रहेको छ ।

Success

Thank you for your time.