3 years ago
October 5, 2021
हिमाल खरेल, बिर्तामोड
अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ ।
बुधबार महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स कम्पनी काँकरभिट्टाका प्रनिससिंह ठकुरी र सत्यम सुब्बाको जोडीलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । रिभरसाइडका नविन र एसियाले ठकुरी र सुब्बाको जोडीलाई २१–१४, १९–२१ र २१–१४ को सेटले जितेको हो ।
उपाधिसँगै रिभरसाइडका खेलाडीले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो स्थानका जनरल इन्स्युरेन्सका खेलाडीले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । तेस्रो हुने भोजबहादुर गुरुङ र उत्तम सिंखडाको जोडी तथा दिवस शंकर र ज्ञानेन्द्र तामाङको जोडीले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी, भेट्रान्स डबल्सतर्फ सन्तोष मोक्तान र अनिल थाम्सुहाङ फिदिमले झापा बिर्तामोडका सञ्जय भक्तराज र बिसन राईको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा हराउँदै उपाधि चुमेको छ । जितसँगै सन्तोष र अनिलले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए भने उपविजेता भक्तराज र राई १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा सीमित भए । तेस्रो स्थानमा रहेका बिर्तामोडका जीवन बोगटी र उत्तम सिंखडा तथा झुम्काका भजनलाल चौधरी र तेजनारायण चौधरीको जोडीले १० हजार रुपैयाँमा चित्त बुझाए ।
त्यस्तै, जेसिज समूहअन्तर्गत भएको अर्को फाइनल खेलमा बेलबारी जेसिजका हेम गुरुङ र विकास श्रेष्ठको जोडील सोही क्लबका ज्योतिहाङ राई र दिनेश पन्तको जोडीलाई हराउँदै उपाधि जित्यो । विजेता जोडीले २१–१८, १४–२१ र २१–११ को सेटले हराउँदै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता जोडीले नगद ८ हजार र प्राप्त गर्यो । तेस्रो भएको कमलनगर जेसिजका सुमन अधिकारी र अभिनाश राईको जोडी तथा टंकीसिनवारी जेसिजका शशि चौधरी र प्रेम राईको जोडीले नगद ७ हजार, हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
तीन दिनसम्म भएको प्रतियोगितामा देशभरका ९७ जना खेलाडी सहभागी रहेको थिए । खेल प्राविधिक विशाल खेतानका अनुसार यो प्रतियोगितामा १ नम्बर प्रदेशमै पहिलोपटक टाइसिट र ड्र टुर्नामेन्ट सफ्टवयरबाट बनाइएको थियो । आयोजक अर्जुनधारा जेसिजका अध्यक्ष जीवन खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख हरिकुमार राना, अतिथिहरु नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष विनोद बस्नेत, समाजसेवी कुमार हाङछेन, केदार गिरी, नगर खलकुद विकास समिति अध्यक्ष अर्जुन मेचेलगायतले पुरस्कार वितरण गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]