4 years ago
August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई खेल सामाग्री उत्पादक कम्पनी लि निङले साथ दिएको छ । लि निङले आर्याललाई एक सेट ट्याकसुट, पोलो टिसर्ट, जुत्ता, मोजा, क्याप र ब्याग प्रदान गरेको छ ।
आर्याल शनिबार जापान जाने तयारीमा छन् । ब्याडमिन्टन पहिलो पटक पारालिम्पिकमा समावेश गरिएको हो । आर्यालले लाइन जर्जको भूमिका निर्वाह गर्नेछन् । पारामा एक मात्र खेलाडीका रुपमा तेक्वान्दोकी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्नेछिन् । त्यसमा भाग लिन ६ सदस्यीय नेपाली टोली भदौ ४ गते नै जापान पुगिसकेको छ । टोलीलाई भने केल्मीले प्रायोजन गरेको छ ।
अर्यालले वि.स. २०४४ देखि पाल्पाको तानसेन बाट राष्ट्रिय ब्याडमिन्टन आम्पायरिङ सुरु गरेका थिए । २०५२ मा बर्माको राजधानी रंगुनमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन महासंघ द्वारा आयोजित अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायरको आधारभूत तालिममा उत्तिर्ण भएका थिए । २०५७ मा जापानको क्योटो शहरमा आयोजित जुनियर एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालबाट अम्पायरको रुपमा सहभागी भएका थिए ।
एसियाली ब्याडमिन्टन महासंघको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर कोर्षमा सफलता हासिल गरि नेपाल को तेस्रो अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर बन्न सफल भएका थिए । २०७६ मा ब्याडमिन्टन वल्ड फेडेरेसनले उनलाई सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता दिएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]