default_image

4 years ago

July 23, 2021

जाजा टोकियो ओलम्पिककै कान्छी

183 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदकै कुम्भमेला ओलम्पिकको ३२औं संस्करण शुक्रबारदेखि जापानमा टोकियो ओलम्पिक २०२० को नामबाट सुरु हुँदैछ ।

खेललाई उमेरले छेक्दैन । ओलम्पिकमा पनि यस्तो प्रशस्तै उदाहारण छन् । ओलम्पिकको इतिहासमा टिनएज नै नटेकेकादेखि अधिक उमेरसम्मका खेलाडीहरुले सहभागिता जनाउँदै कीर्तिमान राखेका छन् । यसपटक युद्धले ग्रस्त सिरियाकी टेबल टेनिस खेलाडी हेन्ड जाजा टोकियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् ।

१२ वर्षीय हेन्ड जाजा शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउने ११ हजार बढी एथलिटमा सबैभन्दा कान्छी खेलाडी बनेकी हुन् । सन् २०१६ को रियो ओलम्पिकमा नेपालकी जलपरी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । उनी त्यतिबेला १३ वर्षको थिइन् ।

फेब्रुअरी २०२० मा एसियन छनोट चरणमा लेबानानकी ४२ वर्षिय मरियाना सहाकिनलाई पराजित गर्दै जाजाले टोकियो ओलम्पिकका लागि टिकट काटेकी थिइन् । जुन समय उनी मात्र ११ वर्षकी थिइन् । उनी सिरियाको राष्ट्रिय टेबल टेनिस उपाधि जित्ने खेलाडी हुन् ।

सिरियाको द्वन्द्वकालिन वातावरण र संकटकालका कारण राम्रोसँग प्रशिक्षण लिन नपाएपनि उनले टोकियो ओलम्पिकका लागि बन्द प्रशिक्षणका माध्यमबाट उनले आफुलाई तयार पारेकी हुन् । उनको लक्ष्य टोकियो ओलम्पिकमा राम्रो प्रदर्शन गर्नु नै रहेको छ ।

‘यो मेरो देश । मेरो परिवार र सम्पुर्ण साथीहरुको लागि मेरो तर्फबाट उपहार हो’ १२ वर्षीय जाजाले भनेकी छन्, ‘खेल मेरो रगतमा छ । मलाई मेरो परिवारको भरपुर साथ छ । म परिवारकोे खुसीको लागि सम्पुर्ण कुरा गर्न तयार छु ।’

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

Success

Thank you for your time.