4 years ago
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टनको जुनियर वरियतामा रहेका प्रिन्स दाहालले आगामी बर्ष आफूले सफलता प्राप्त गरेमा त्यसमध्येबाट हरेक पटक ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध बहुउद्देश्यी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्ने घोषणा गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता समेत रहेका प्रिन्सले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्,‘ चितवन भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सहयोग अन्तर्गत २०७८ सालमा मैले जित्ने प्रत्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता को ५ हजार फाउन्डेसनलाई दिने निर्णय गरेको छु । आशा छ अरु ले पनि यसरी नै सहयोग गर्नु हुनेछ ।’
प्रिन्सले यो वर्ष ३ वटा सिनियरतर्फको उपाधि जितेका थिए । गत वर्ष स्वदेशमा आयोजना भएको सागको ब्याडमिन्टनमा प्रिन्स सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले माघमा जारी गरेको खेलाडीको वरिययतामा प्रिन्स ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । विश्व जुनियर वरीयताको शीर्ष ३ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । यसअघि प्रिन्स सातौ र अहिले ११औं स्थानमा रहेका थिए ।
प्रिन्सले पछिल्लो समय जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । गत चैतयता कोरोना महामारीका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित हुनुअघिको ७ खेलमा ५ जित निकालेका थिए । कोरोनापछि घरेलु प्रतियोगिता सुचारु हुँदा प्रिन्सले नेपाल नम्बर एक रत्नजित तामाङलाई हराउदै उपाधि जितेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]