4 years ago
January 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेसिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा १६ वर्षे प्रिन्सले दीपेशलाई २१–१८ र २१–१३ को सोझो सेटमा हराए । तीन दिन अघि मात्र प्रिन्स विश्व जुनियर वरियताको तेस्रो नम्बरमा उक्लेका थिए ।
सर्लाहीको गोलबजार कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाइनलमामा जेशिकाले राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाई हराएकी थिइन् । प्रतिस्पर्धात्मक फाइनलमा जेसिकाले १८–२१, २१–१५ र २२–२० को जित निकालिन् । जेसिकाको यो दोस्रो उपाधि हो । सातौं सस्करणमा पनि उनले उपाधि जितेकी थिइन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शिर्ष १६ वरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज राना विजयी भए । उनले आर्मीका दिवश शंकरलाई १५–२१, २१–१८ र २१–१६ ले हराए । शीर्ष १२ वरियता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवा विजयी भइन् । प्राथनाले फाइनलमा झापाकी अञ्जना राईलाई २१–९ र २१–१३ ले पराजि गरिन् ।
पुरुष युगल तर्फको प्रतिस्पर्धामा आर्मीका रत्जजित र नविन श्रेष्ठको जोडीले उपाधि जित्यो । उनीहरुले आर्मीकै सुरोज महर्जन र पविन लिनथेपको जोडीलाई २१–१९, १९–२१ र २१–१३ ले हरायो । महिला युगलतर्फ आर्मीले उपाधि जित्यो । आर्मीका रशिला र अमिता गिरीको जोडीले एपिएफका जेशिका र सुनयना मुखियाको जोडीलाई २१–१८ र२१–१२ ले पराजित गरेको हो ।
ब्वाईज यु – १७ एकलतर्फ आर्मीका भोज बहादुर गुरुङ्ग च्याम्पियन बने । भोजले आफ्नै क्लबका आयुष्मान नागरीलाई २१–५, १९–२१ र२१–१० ले हराए । गल्स यु – १७ एकलमा राष्ट्रिय च्याम्पियन सेनाकी रशिलाले विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलार्य २१–१० र२१–१० ले हराउँदै उपाधि रक्ष गरिन् ।
भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेको जोडी विजयी भयो । उनीहरुको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१–१२ र २१–१९ ले हराए । लाखेले झन्डै १२ बर्ष पछि कोर्टमा उत्रेका थिए ।
गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत विजयी खेलाडीलाई पुरस्कृत गरे ।
र्याङ्किङ्ग बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले २० हजार, उपविजेताले १० हजार र शीर्ष चारमा पुग्नेले समान ५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै छात्र तथा छात्रा यु – १७ का विजयीले १५ हजार, उपविजेताले ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले समान ४ हजार रुपैयाँ प्राप्त गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]