4 years ago
September 14, 2020
एजेन्सी – तेस्रो वरीयताका अष्ट्रेलियन डोमिनिक थिएम युएस ओपन टेनिसको च्याम्पियन बनेका छन् । पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने क्रममा थिएमले जर्मन खेलाडी एलेक्सान्डर भेरेभलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
थिएमले सुरुवाती दुई सेटमा पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएका हुन् । थिएम सन् २००४ को फ्रेन्च ओपनमा अर्जेन्टिनी गेस्टन गाडियापछि दुई सेट गुमाएर फाईनल जित्ने पहिलो खेलाडी बनेका छन् ।
यस्तै थिएम विश्व टेनिसमा ६ वर्षपछि नयाँ च्याम्पियन खेलाडी बने । पछिल्लो ६ वर्ष सर्वियन नोभाक जोकोभिच, स्पेनिस राफयल नाडाल, स्वीस रोजर फेडेरर र बेलायती एन्डी मर्रेले कुनै न कुनै ग्रान्डस्लामको च्याम्पियन बन्दै आएका थिए ।
अमेरिकाको न्युयोर्कमा सोमबार बिहान भएको फाइनलमा थिएमले पहिलो र दोस्रो सेट २–६ र ४–६ ले गुमाएको थियो । तर, त्यसपछि पूनरागमन गरेका थिएमले तेस्रो सेट ६–४ ले जित्दै खेलमा फर्कने संकेत दिए । चौथो सेट थिएमले ६–३ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ सेटको बराबरीमा ल्याए । निकै नै प्रतिस्पर्धात्मक बनेको पाँचौ तथा निर्णायक सेटमा थिएम ७–६ (८–६) को जित निकाल्दै च्याम्पियन बन्न सफल भए ।
थिएम यसअघि एकपटक अष्ट्रेलियन ओपन र दुईपटक फ्रेन्च ओपनको फाइनलमा पुगेर चुकेका थिए । अष्ट्रेलियन ओपनमा नोभाक जोकोभिचसँग पराजित भएका थिएन अष्ट्रेलियन ओपनमा दुवै पटक राफायल नाडालसँग पराजित भएका थिए । तर यसपटक थिएम चुकेनन् ।
सातौ वरीयताका भेरेभ पहिलोपटक ग्रान्डस्लामको फाइनलमा प्रवेश गरेर सुरुवाती दुई सेट जितेर पनि सोही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा च्याम्पियन बन्न असमर्थ रहे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]