default_image

4 years ago

September 11, 2020

अजेरेन्का र ओसाका युएस ओपनको फाइनलमा भिड्ने

118 views

0 Bookmark

एजेन्सी – यस वर्षको युएस ओपन टोनिसको महिला एकलतर्फको उपाधिका लागि बेलारुसका भिक्टोरिया एजारेन्का र जापानी नाओमी ओसाकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

एजोरेन्काले अमेरिकी सेरेना विलियम्सलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा २०१८ की च्याम्पियन ओसाकासँगको भिडन्त पक्का गरेकी हुन् । ओसाकाले पनि अमेरिकी जेनिरफर ब्राडीलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल शनिबार हुनेछ ।

न्युयोर्कमा शुक्रबा बिहान भएको खेलमा बेलारुसका अजरेन्काले पुर्व विश्व नम्वर एक तथा २३ पटकको ग्रान्डस्लाम च्याम्पियन सेरेनासँग पहिलो सेटमा पछि परेपनि त्यसपछिको दुवै सेट आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भएकी हुन् ।

दुई पटकको अष्ट्रेलियन ओपन च्याम्पियन अजरेन्काले पहिलो सेट १–६ ले गुमाएकी थिइन् । तर त्यसपछिको दुवै सेटमा अजारेन्का ६–३ र ६–३ ले विजयी भइन् । अजरेन्का २०१३ पछि पहिलोपटक कुनै पनि ग्रान्सस्लामको फाइनलमा प्रवेश गरेकी हुन् ।

यस्तै शुक्रबार बिहान नै भएको अर्काे सेमिफाइनलमा चौथो वरीयताकी २२ वर्षीय ओसाकाले अमेरिकी जेनिफर ब्राडीलाई २–१ को सेटमा पराजित गर्दै दुई वर्षपछि युएस ओपनको फाइनलमा स्थान बनाउन सफल भइन् ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा ओसाकाले ७–६ को कठिन जित निकालेपनि दोस्रो सेट ३–६ ले गुमाएकी थिइन् । तर, तेस्रो तथा निर्णायक सेटमा ओसाकाले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भइन् । ओसाकाले २०१८ मा सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.