8 years ago
August 28, 2016
दिपक बोहोरा ,पाँचथर
पुर्वि पहाडि जिल्ला पाँचथरमा पछिल्लो समय ब्याटमिट के्रज बढेको छ । केहि समय अगाडि सदरमुकाम केन्द्रत खेल ब्याटमिटन अहिले गाँउ गाँउमा पुगेको छ । पछिल्लो समय गा्रमिण भेगमा पनि र्कोट निर्माण गरी प्रतियोगिता आयोजना हुन थालेका छन । पाँचथरका गा्रमिण बजारहरु रबि बजार ,सप्तमी बजार ,च्याङथापु बजार , नागी ,भालु चौक ,सिदिन,यासोक बजार आदी ठाँउमा ब्याटमिटन खेल्न थालीएको छ । यी स्थानहरु खेल्न मात्र होइन जिल्लास्तरीय खेलहरु समेत आयोजना हुनथालेका छन ।
जिल्लामा ब्याटमिटनकोलागी एउटा कबडहल रहेको छ । सो कबडहलले समेत धान्न नसकेर सदरमुकाम फिदिमा अहिले बिभिन्न कार्यलय र ब्यक्तिहरुले १० बटा जति कोट निर्माण गरी ब्याटमिटन खेल्ने गरेको जिल्ला ब्याटमिटन संध पाँचथरका अध्यक्ष उपेन्द्र लाबतीले बताउनु भयो । सदरमुकाम बाहिर पनि १०,११ बटा कोट रहेको लाबती बताउनु हुन्छ ।
उसो पाँचथरमा ब्याटमिटनमा राष्ट्रियस्तरको खेलहरु आयोजना भइ रहन्छ । यसैको असरले पनि जिल्लामा ब्याटमिटन के्रज बढेको हुन सक्ने लाबती बताउनु हुन्छ । शारीरक ब्यायाम र स्वास्थ्यको लागी पनि ब्याटमिटन क्रेज बढेको पछिल्लो समय ब्याटमिटनमा रमाउन थाल्नु भएका साहित्यकार सगुन सुसारा भन्नु हुन्छ ।
पाँचथरमा अब ब्याटमिटन खेललाइ अझ प्रभाबकारी बनाउने कार्यक्रमहरु ल्याइने लाबतीले बताउनु भयो । सदरमुककाममा रहेका बिद्यालयहरु बाट ४० जना बिद्यार्थीहरुलाई प्रशिक्षण गरीने लाबतीले बताउनु भयो । अहिले हामि सदरमुकाम केन्दीत छौ चाडै गाँउ गाँउ सम्म पुग्ने कार्यक्रम जिल्ला ब्याटमिटन संधले ल्याउनेछ लाबतीले भन्नु भयो ।
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]