5 years ago
August 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघले आफ्ना उप महासचिव लवभक्त श्रेष्ठले बुझाएको राजीनामा स्वीकृति गरेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को दौरान र ब्याडमिन्टनका अन्य प्रतियोगिता आर्थिक अनियमिततामा आफ्नो नाम मुछिएपछि श्रेष्ठले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । यद्दपी उनले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिएका थिए ।
संघको शनिबार बसेको सचिवालय बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताएका छन् । अध्यक्ष श्रेष्ठले भने, ‘कार्यव्यस्तता र अब गृह जिल्ला मोरङमै बस्ने हुँदा समय दिन नसक्ने भन्दै उप महासचिव श्रेष्ठले बुझाएको राजीनामालाई हामीले स्वीकृत गरेका हौं ।’
साग ब्याडमिन्टनका दौरान समान खरिदमा अनियमितता भएको विषय विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शुक्रबार मन्त्रालयमा बैठक डाक्दै छानविन प्रक्रिया अघि बढाउँदै दोषीमाथि कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई निर्देशन दिएका थिए ।
राखेपले साग ब्याडमिन्टनको सामान खरिद र अन्य विषयमा छानविन गर्न छिट्टै समिति बनाउने तयारी भइरहेको बताइएको छ । गत वर्ष आयोजना भएको सागका लागि राखेपले सबै खेलको सामाग्री खरिद आफै गरेको थियो भने व्यवस्थापनको जिम्मेवारी सम्बन्धित संघलाई दिएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]