5 years ago
July 28, 2020
चन्द्रकान्त न्यौपाने, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ब्याडमिन्टन बिस्तारै लोकप्रिय बनिरहेको छ । कहि अघि सम्म ब्याडमिन्टनमा पेशाकर्मीहरुको मात्र आकर्षण थियो । अहिले भने नगरका दर्जन बढी स्थानमा ब्याडमिन्टन कोर्टहरु तयार भएका छन् । त्यसबाट पनि यहाँ ब्याडमिन्टनप्रति बढ्दै गएको लगाव बुझ्न सकिन्छ ।
नगरका ४ नम्बर, ओदारी, गजेहडा, पिपरा, राजपुर, बोडगाउँ, बनगाई, झुँगा लगायतका स्थानमा साँझ बिहान सुरक्षाकर्मी, बैङ्कर, स्वास्थ्यकर्मी, शिक्षक, पूर्व सेना, संचारकर्मी, ब्यापारी, ब्यवसायी, विद्यार्थी, युवाहरु कोर्टमा झुम्ने गरेका छन् । बनगाई, ४ नम्बर, झुँगामा रातीमा खेल्नका लागि लाइटको व्यवस्था गरिएको छ ।
कपिलवस्तुको उत्तरी क्षेत्र मुख्यतः फुटबल लोकप्रिय छ । क्रिकेट र भलिबलमा पनि युवाहरुको आकर्षण देखिन्छ । कोभिड १९ का कारण चैत ११ गतेबाट सरकारले लकडाउन गरेको थियो । जसले गर्दा समूहगत खेलहरुका लागि अभ्यास गर्न र खेल्न सम्भवन भएन । त्यसको विकल्पमा ब्याडमिन्टनमा युवाहरुको आकर्षण बढेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर आयुष जोशी बताउँछन् । उनी आफै पनि नियमित ब्याडमिन्टन अभ्यास गर्छन् ।
जोशीले आफू कपिलवस्तु आउँदा सुरुको अवस्था र अहिले फरक रहेको सुनाए । उनले भने ‘अहिले यहाँका युवा र पेशाकर्मीमा पनि ब्याडमिन्टन प्रतिको क्रेज देख निकै खुसी लाग्छ ।’ शारीरिक दुरी राखेर खेल्न मिल्ने भएकालेले पनि लकडाउनको समयमा ब्याडमिन्टमा धेरैको रुची बढेको जोशीको विश्वास छ ।
शौखका लागि मात्र नभइ अब विस्तारै ब्याडमिन्टनका प्रतियोगिता पनि हुन थालेका छन् । त्यसमा पनि मुख्यतः मेन्स डबल्स प्रतियोगिता बढी हुने गरेका छन् । केही अघि रोटर्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले आयोजना गरेको प्रतियोगितामा २० र कपिलवस्तु जेसिजले आयोजना गरेको नगरस्तरीय ब्याडमिन्टनमा २४ जोडीको सहभागिता थियो ।
स्थानिय प्रतियोगिता बढ्दै जानु र त्यहाँ खेलाडीहरुको प्रदर्शन देखेर स्थानिय पुराना खेलाडी खडक आले दंग छन् । उनले बढी भन्दा बढी मानिसहरुले अभ्यासलाई नियमित गर्दै जाने र प्रतियोगिता आयोजना हुने हो भने राष्ट्रिय खेलाडी निस्कन सक्ने आशा राखेका छन् ।
अर्का खेलाडी झुँगाका अमर रेश्मीले पछिल्लो समयमा ब्याडमिन्टन प्रति यो क्रेज देख्दा खुसी लागेकोब बताए । उनले भने ‘ सुरु सुरुमा हामी केही साथी मात्रै खेल्थ्यौँ अहिले सबैजनाले ब्याडमिन्टन खेल्न रुची देखाउँदा उत्साहित हुन्छु । ’
स्थानिय रुपमा कोर्टहरु निर्माणको क्रम बढ्न थालेको छ । नगर भित्र पहिलोपटक ओदारीमा कभर्ड हल निर्माण गरिएको छ । त्यहाँ कभर्ड हल र अन्य स्थानमा अभ्यास गर्ने दर्जन जति टिम छन् । घरमा सामान्य रुपमा खेल्न अभ्यास गरेकाहरु पनि कोर्ट बनाउन थालेका छन् ।
नगरका विद्यालय, होटल, रिसोर्टमा ब्याडमिन्टन कोर्ट निर्माण सुरु गरिएको छ । गजेहडाको बाल माविमा २ वटा कार्ट निर्माण गरिएको छ । जहाँ बिहान साँझ ब्याडमिन्टन अभ्यास हुन थालेको छ । सानो ठाँउमा कोर्ट निर्माण गर्न सकिने र ब्याडमिन्टनले शारीरिक व्यायमका साथै मनोरञ्जन पनि भएकाले धेरैको आकर्षण बढेको खेलाडी बताउँछन् ।
खेल्नेहरुको आकषर्णसँगै खेल हेर्नेहरुको संख्या पनि पहिलाको भन्दा बढेको देखिन्छ । कोभिड १९ को कारण गरिएको लकडाउनका बीचमा २ पटकसम्म भएका नगरस्तरीय प्रतियोगिता हेर्ने दर्शकको उल्लेख साथ रहेको थियो । बाणगंगा नगरमा भएको यो ब्याडमिन्टन क्रेजले जिल्लामा उत्साह थपेको जिल्ला खेलकुद विकास समतिका पूर्व अध्यक्ष छवि रेश्मी मगर बताए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]