5 years ago
April 2, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको सबैभन्दा पुरानो ग्रान्डस्लाम विम्वल्डन ओपन टेनिस च्याम्पियनसिप यो वर्ष नहुने भएको छ ।
अल इंग्ल्यान्ड लन टेनिस क्लबको बुधबार बसेको आपतकालिन बैठकले आउदो २९ जुनदेखि १२ जुलाईसम्म तय भएको विम्वलडन ओपन टेनिस स्थगित गर्ने निर्णय गरेको हो । वर्षको तेस्रो ग्रान्डस्लामको रुपमा रहेको विम्वल्डन ओपन टेनिस दोस्रो विश्वयुद्धपछि पहिलोपटक स्थगित भएको हो ।
यस्तै बैठकले विम्वल्डन ओपन टेनिस अर्काे वर्ष २८ जुनदेखि ११ जुलाईसम्म गर्ने निर्णय गरेको छ । विम्बल्डन पहिलोपटक १८८७ मा आयोजना भएको थियो । यो प्रतियोगिता पहिलो र दोस्रो विश्वयुद्धका कारण स्थगित भएको थियो । मे महिनालाई तय भएको वर्षको दोस्रो ग्राण्डलाम फ्रेन्च ओपन सेप्टेम्बरलाई सारिएको छ ।
यससँगै विम्वल्डन पनि कोरोना महामारीका कारण २०२० को प्रभावित खेलको सुचीमा परेको छ । यसअघि टोकियो ओलम्पिक, पारा ओलम्पिक, युरोकप, कोपा अमेरिकालगायतका ठुलो प्रतियोगिता स्थगित भइसकेका छन् । २०२१ लाई तय भएका विश्व एथलेटिक्स च्याम्पियनसिप पनि प्रभावित सुचीमा छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]