default_image

9 years ago

July 25, 2016

पिपुल्स च्वाइस नविताद्वारा धन्यवाद व्यक्त

135 views

0 Bookmark

बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७२ अन्तर्गत पिपुल्स च्वाइस अफ द इयर अवार्ड जितेकी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

Nabita Shrestha NSJF Pulsar Award 2072

नविताले आफू सम्बद्ध नेपाल प्रहरी क्लब, अखिल नेपाल टेबलटेनिस संघ, टेबलटेनिस प्रशिक्षकहरु, परिवारका सदस्यलगायतलाई विज्ञप्ति जारी गर्दै धन्यवाद दिएकी हुन् ।

पिपुल्स च्वाइस अवार्डमा कुल २ लाख ८६ हजार ५ सय २१ एसएमएस मत र ११ हजार ६ सय फेसबुक लाइक हुँदा राष्ट्रिय टेबलटेनिस खेलाडी नविता विजयी भएकी हुन्। नविताले १ लाख ५० हजार ५ सय ११ मतपाएकी थिइन्।

 

February 16, 2025

बुटवलमा खुला लन टेनिस हुँदै

सुमन अधिकारी, बुटवल बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए […]

January 16, 2025

वासुकलालाई टेबल टेनिस मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)-  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मोहनदास वासुकलालाई टेबल टेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबल टेनिसका नायव वरिष्ठ प्रशिक्षक वासुकलालाई बुधवार राखेप सदस्यसचिव स्तरीय निर्णय मार्फत मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले वासुकलालाई बिहीवार जिम्मेवारीको पत्र हस्तान्तरण गरे […]

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

Success

Thank you for your time.