9 years ago
July 25, 2016
काठमाडौं, भारतका कुमुदकुमार राईले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष सिंगल्स उपाधि सोमबार जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ‘बेस्ट अफ सेभेन’ फाइनलमा कुमुदले भारतकै प्रकाशलाई ११–९, ११–६, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे । कुमुद २०३१ सालका नेपाल राष्ट्रिय जुनियर च्याम्पियन हुन् । सन् १९७५ मा कुमुद परिवारसहित भारत गएका थिए । नेपालका किरण श्रेष्ठ र रञ्जन सुब्बा संयुक्त रुपमा तेश्रो भए ।
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथि सिंगल्समा भारतका विकास महाजन पहिलो भए । फाइनलमा उनले आफ्नै देशका डा. नितिन टोसिन्वाललाई ११–६, ९–११, ११–८, ११–७ र ११–६ ले हराए । भारतका मन्मित सिंह र नेपालका राजेन्द्र कपाली तेश्रो बने ।
महिला ५० वर्षमाथि सिंगल्समा भारतकी निलम नरुला पहिलो, भारतकै प्रतिमा मेनन दोश्रो तथा नेपालका धर्ती श्रेष्ठ र हीरा नकर्मी तेश्रो स्थानमा रहे । सो स्पर्धाको ४० वर्षमाथि नेपालका इन्दिरा पौडेल पराजुली पहिलो, उर्मिला खड्का ओली दोश्रो तथा सम्झना पोखरेल र सुजिता अधिकारी तेश्रो भए ।
तीनदिने प्रतियोगितामा नेपालका २७, भारतका २४, पाकिस्तानका २, माल्दिभ्सका ६ र बंगलादेशका ३ खेलाडी सहभागी थिए ।
February 16, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मोहनदास वासुकलालाई टेबल टेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबल टेनिसका नायव वरिष्ठ प्रशिक्षक वासुकलालाई बुधवार राखेप सदस्यसचिव स्तरीय निर्णय मार्फत मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले वासुकलालाई बिहीवार जिम्मेवारीको पत्र हस्तान्तरण गरे […]
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]