default_image

5 years ago

March 3, 2020

विश्व जुनियर वरियतामा प्रिन्सको छलाङ

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियताको शीर्ष १० मा अटाएका छन् ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्सले १ स्थान सुधार गर्दै शीर्ष १० मा अटाएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले १० प्रतियोगिता खेल्दै ९८६० अंक जोडेका छन् ।

तस्बिर: अभिलास अर्याल/ नेदरल्याण्ड

विश्व जुनियर  र्‍याङकिङको शीर्ष १० भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । प्रिन्सले यसै साता डच जुनियर इन्टरनेसनलमा प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो ।

प्रिन्स अघिल्लो महिना ११औं स्थानमा रहेका थिए । जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा यथावत छन् । भारतका मेइरावा लुवाङ दोस्रो तथा भारतकै भरुण कपुर तेस्रो स्थानमा रहेका छन् ।

चीनका लिउ लियाङ चौथो स्थानमा छन् । डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौ, फिनल्यान्डका जोआकिम वल्डरफ छैटौ, इंग्ल्यान्डका इथान रोस सातौ, चीनमा लिउ लियाङ आठौं र जर्मनीका म्याथियस नवौं स्थानमा रहेका छन् ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.