5 years ago
February 3, 2020
एजेन्सी – दोस्रो वरियाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा जोकोभिचले पाँचौ वरियताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
निकै नै प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा ४–६ र २–६ ले पछि परेको जोकोभिचले उत्कृष्ट पूनरागमन गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । ३२ वर्षीय जोकोभिचले चौथो सेट ६–३ र पाँचौ सेट ६–४ ले आफ्नो पक्षमा पार्न सफल भए ।
यससँगै जोकोभिचले आठौंपटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको १७औं ग्राण्डस्लाम उपाधि हो । स्वीडिस टेनिस स्टार रोजर फेडेरले कीर्तिमानी २० पटक ग्रान्डस्लाम जितेका छन् । त्यसपछि स्पेनका राफायल नाडाल १९ पटक ग्रान्डस्लाम च्याम्पियन बनेका छन् ।
सेमिफाइनलमा जोकोभिचले स्विस टेनिस स्टार रोजर फेडेररलाई तथा थिमले बेल्जियमका एलेक्जेन्डर भेरेभको चुनौती पन्छाएका थिए । महिलातर्फ अमेरिकी सोफिया केनिनले स्पेनकी मुगुरुजालाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेकी थिइन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]