default_image

5 years ago

January 14, 2020

प्रिन्सको विश्व वरियतामा थप सुधार

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सुधार भएको छ । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् ।

गत साताको वरियतामा प्रिन्स १४ औं स्थानमा थिए । यसपटक उनी तीन स्थान माथि उक्लेका छन् । अघिल्लो साता उनी ३२ औं स्थानबाट १४ औंमा पुगेका थिए । प्रिन्स गत साता मात्र काठमाडौंमा सम्पन्न पे्रसिडेन्ट्स कप इन्टरनेसनल सिरिज यू १९ को फाइनलमा पुगेका थिए । फाइनलमा उनी भारतका मेइराबा लुवाङसँग पराजित भएका थिए । विश्व वरियतामा लुवाङ तेस्रो स्थानमा छन् ।

प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । बिडब्लूएफले हरेक साता वरियता सार्वजनिक गर्दै आएको छ । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । जुनियरतर्फ एकपछि अर्को सफलता प्राप्त गर्दै आएका प्रिन्स पुस १५ गते सुदूरपश्चिम अवार्डमा उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए ।

जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा यथावत छन् । चीनका लिउ लियाङ दोस्रो तथा भारतका लुवाङ तेस्रो, भारतकै भरुण कपुर चौथो र चीनका रेन चिङ मिन पाँचौ स्थानमा छन् ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.