default_image

5 years ago

January 10, 2020

प्रिन्स प्रेसिडेन्टस कप एकलको फाइनलमा

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को यू १९ को फाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको सेमिफाइनलमा प्रिन्सले भारतका अभिन बशिष्टलाई २–१ को सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट २१–१८ मा आफ्नो पक्षमा पारेका प्रिन्सले दोस्रो सेट २०–२२ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा २१–१७ को जित निकाल्दै उनी घरेलु कोर्टमा फाइनलमा प्रवेश गरको हुन् ।

खेलपछि प्रिन्सले केहि दबाबमा खेलेको स्वीकार गरे । ‘ घरेलु कोर्टमा राम्रो गर्दा उत्साह र खेल बिग्रदा दबाब हुने रहेछ , प्रिन्सले भने,‘ कन्ट्रोल गर्न नसक्दा अलि बढी चिप्लिए ।’ दोस्रो सेटमै जितको नजिक पुगेर उनले सेट गुमाएका थिए ।

जुनियरतर्फ विश्व वरियताको १४ औं स्थानमा रहेका प्रिन्सले विश्व वरियताको तेस्रो नम्बरमा रहेका भारतीय खेलाडी मिराबा लेवाङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

जारी प्रतियोगिताको शीर्ष वरियतामा रहेका लेवाङले शुक्रबार नै अर्को सेमिफाइनलमा श्रीलंकाका दुमिन्दु अबेविक्रमालाई २१–१२,२१–८ ले हराएका थिए । प्रिन्स जारी प्रतियोगिताको एकलतर्फको वरियतामा दोस्रो स्थानमा छन् ।
सिरिजअन्तर्गत महिला एकलतर्फ भारतकी मिर तस्मिनले नेपालकी निता लम्बासलाई २१–९ र २१–९ को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेकी छन् ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.