5 years ago
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ठुलो छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले सोमबार राति जारी गरेको वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिए । उनले १८ स्थान छलाङ मारेका हुन् । यसअघि उनी ३२औं स्थानमा रहेको थिए ।
यो उनको अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । बिडब्लूएफले हरेक साता निकाल्ने वरियतामा प्रिन्स गत साता ३२औं स्थानमा थिए । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् ।
प्रिन्सका मामा तथा प्रशिक्षक कमलेश निरौलाले यो सफलता प्रिन्सको मात्र नभई देशकै ब्याडमिन्टनको सफलता भएको बताएका छन् । प्रशिक्षक निरौलाले यही वरीयतालाई कायम राख्न सके यही खेलाडीहरुले पछि सिनियर वल्ड च्याम्पियनसिप र ओलम्पिक खेल्न सक्ने बताएका छन् ।
जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष बरीयतामा रहेका छन् । चीनका लिउ लियाङ दोस्रो तथा भारतका मेइरावा र भरुण कपुर तेस्रो र चौथो बरीयतामा छन् । चीनका रेन चिङ मिन पाँचौं, मलेसियाका कोक जिन हङ छैटौ, डेनमार्कका माड्स जुयल मोलर सातौं, इंग्ल्यान्डका इथान रोस आठौं, जर्मनीका म्याथियस किकलिट्ज नवौं तथा भारतका प्रियन्सु राजवात शीर्ष १० भित्र अटाएका छन् ।
डेनमार्कका मग्नस जोहाननेसन र एक्सेल हेनरिक क्रमश ११औं र १२औं स्थनमा रहेका छन् । फिनल्यान्डका जोआकिम ओल्ड्रफ १३औं स्थानमा तथा फ्रान्सका मार्टिन १५औं स्थानमा रहेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]