5 years ago
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका खेलाडीद्धय रत्नजित तामाङ र दिपेश धामीको जोडी पनि पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मेन्स डबल्समा रजत पदकमा सीमित बनेको छ ।
पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमारत्न र दिपेशको जोडी थाईल्यान्डका प्राड र अपिचासिटसँग २–० को सेटमा टमा पराजित भएपछि रजतपदकमै सीमिति बनेको मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी गराए ।
त्यसअघि आइतबारै मिक्स डबल्समा दिपेश धामी र अमिता गिरीको जोडी माल्दिभ्सका जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २–० को सोझो सेटमा पराजित भएपछि रजत पदकमा रोकिएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा नोपली जोडीले २५–२७ ले गुमाएको थियो । दोस्रो सेटमा नेपाली जोडी १४–२१ ले पराजित हुदै रजतमा समेटियो ।
नेपाली टोलीले मेन्स सिंगल्स, गल्र्स सिंगल्स, मेन्स डबल्स, गल्र्स डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]