default_image

5 years ago

November 8, 2019

दिपेश पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको प्रि–क्वाटरफाइनल खेलमा धामीले पाकिस्तानकै मोहम्मद अली लारोसलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा दिपेशले २१–१९ को तथा दोस्रो सेटमा २१–११ को सहज जत हात पारेको थियो ।

अब धामीले सेमिफाइनल प्रवेशका लागि आजै अफ्रिकन राष्ट्र मौरीटियसका जर्ज जुलियन पउलसँग खेल्नेछ ।  त्यसअघि दिपेशले पाकिस्तानकै हुसेन साहिदाइृ २१–७ र २१–११ को सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपाल नम्वर वान रत्नजित तामाङ र बिकास श्रेष्ठ पहिलो खेलमै निराश बने ।

महिला एकलमा नेपालका अनुमाया राई प्रि–क्वाटरफाइनलमा तथा अमिता गरी पहिलो खेलबाट अघि बढ्न सकेन । मिक्स डबल्समा रत्नजित तामाङ र अनुमायाको जोडी पाकिस्तानी जोडीसँग २१–१५ र २१–१४ को सेटमा तथा महिला डबल्समा अनुमाया राई र अमिता गिरीको जोडी पाकिस्तानी खेलाडीसँग नै पराजित भइन् ।

रत्नजित र दिपेशको जोडीले मेन्स डबल्समा आजै पाकिस्तानी जोडीसँग खेल्नेछ । दिपेश र अनुमाया राईको जोडीले आजै मिक्स डबल्स्मा माल्दिभ्सका खेलाडीसँग प्रतिस्पर्धा गदर्दैछ ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.