5 years ago
October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल ब्याडमिन्टन संघले बुधबार खेलाडी छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको संघका सचिव नविनबिक्रम शाहले जानकारी गराए ।
वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीहरुलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएकोमा अन्तिम चरणका लागि समान १० खेलाडी छनोट गरिएको हो ।
सागका लागि महिलातर्फ रशिला महर्जन, नङ्शलदेवी तामाङ, जेशिका गुरुङ, सिमा राजवंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सीता राई, निता लम्साल र शोभा गौचन छनोट भएका छन् ।
सोमबार सुरु भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ दिपेश धामी, रत्नजित तामाङ, विकास श्रेष्ठ, प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छनोट भएका छन् ।
खेलाडीहरुलाई साग प्रतियोगिताको तयारीका क्रममा बाँकी समय पोखरामा बन्द प्रशिक्षण दिइने छ । बन्द प्रशिक्षण असोज २३ गतेबाट पोखरा सुरु हुने मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी गराए । मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं सागमा ब्याडमिन्टनको प्रतिस्पर्धा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने तय छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]