default_image

5 years ago

October 1, 2019

बिडब्लूएफ वरियतामा प्रिन्सको ठूलो छलाङ

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुरियर वरियतामा ठूलो छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ३९ औं स्थानमा रहेका छन् ।

यो उनको अहिले सम्मकै उत्कृष्ट वरियाता हो । बिडब्लूएफले हरेक साता निकाल्ने वरियतामा प्रिन्स गत साता ५८ औं स्थानमा थिए । आइतबार मात्र सम्पन्न अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको मेन्स सिंगल्समा तेस्रो भएका थिए । अन्तर्राष्ट्रिय सिरिजमा सेमिफाइनल पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।

प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । उनले केहि दिन अघि मात्र दुवई ओपनको यू १९ च्याम्पियनसिप जितेका थिए । अहिले उनी मंसिरमा स्वदेशमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छनोटमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रिन्सका प्रशिक्षक कमलेश निरौलाले यो सफलता प्रिन्सको मात्र नभई देशकै ब्याडमिन्टनको सफलता भएको बताएका छन् । प्रशिक्षक निरौलाले अब प्रिन्सले सिधै जुनियर ओलम्पिक खेल्न पाउने बताएका छन् ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.