default_image

5 years ago

September 30, 2019

सागमा ब्याडमिन्टनबाट पदकको आशा

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जन स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आशा बढेको बताएका छन् । आइतबार मात्र सम्पन्न अन्नपूर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा अहिले सम्मकै ठूलो सफलता प्राप्त गरेका कारण योन्जन उत्साहित भएका हुन् ।

सिरिजमा नेपालले १ स्वर्ण, १ रजत र ६ कास्य पदक जितेको छ । दुई वर्षअघि नेपालले यहि सिरिजमा दीपेश धामी र शोभा गौचनको जोडीले रजत पदक जितेको थियो । त्यो नै नेपालको यसअघिको सबैभन्दा ठूलो सफलता थियो । यसपटक भने कथा फरक भएको छ । नेपाललै इतिहासिक सफलता प्राप्त गरेको छ ।

‘हामीले इन्टरनेसनल सिरिजमा यसअघि खासै पदक जित्न सकेका थिएनौं । यो पटक स्वर्ण र रजतसहित ८ पदक जित्न सफल भएका छौं । यो नेपाली ब्याडमिन्टनको लागि सुखद पक्ष हो ’ मुख्य प्रशिक्षक योन्जनले भने, ‘यो सबै सागको बन्द प्रशिक्षणको प्रतिफल हो । सबै खेलाडीले उच्च प्रदर्शन गरे । यो नतिजाले आगमी सागमा पनि पदकको अपेक्षा गर्न सक्छौं । ’

योन्जनको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा मुख्य सहायक प्रशिक्षकका रुपमा किरण थापा, प्रशिक्षकहरु उत्तम सिम्खडा, जयन्त श्रेष्ठ र शान्ति मानन्धर रहेका छन् । सिरिजमा महिला डबल्समा पुजा श्रेष्ठ र नङ्सलदेवी तामाङको जोडीले स्वर्ण पदक जित्यो । त्यस्तै अनुमाया राई र जेसिका गुरुङको जोडीले कास्य जितेका थिए ।

पुरुष एकलमा नेपाली ब्याडमिन्टनका युवा प्रतिभा प्रिन्स दाहालले कास्य जिते । पुरुष डबल्समा रत्नजित तामाङ र दिपेश धामीको जोडीले तथा बिकास श्रेष्ठ र बिजित थापामगरको जोडीले कास्य जित्यो । मिक्स डबल्स्मा दिदीभाई रत्नजित र नङ्सलको जोडीले कास्य जितेको थियो । महिला डबल्स्मा सम्झना शर्मा र सीता राईको जोडीले तथा सीमा राजवंशी र नीता लम्सालको जोडीले कास्य पदक जित्यो ।

१३औं सागमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स, मिक्स डबल्स, पुरुष टिम र महिला टिम गरी ७ विधा समावेश छन् । सागका लागि सोमबारबाट खेलाडी छनोट सुरु भएको छ । बुधबार ब्याडमिन्टनबाट सागका लागि अन्तिम टोलीको टुङ्गो लाग्नेछ । टोलीले २३ असोजबाट पोखरामा बन्द प्रशिक्षण थाल्ने मुख्य प्रशिक्षक योन्जनले जानकारी गराए ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.