default_image

5 years ago

September 30, 2019

सागका लागि ब्याडमिन्टनको छनोट सुरु

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।

पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।

सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र १० महिला खेलाडीहरुको छनोट गर्न लागिएको छनौट कार्यका संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।

प्रतियोगिता लिगका आधारमा खेलाईएको समेत संयोजक शाहले बताए । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भईरहेको प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ ।

छनोटमा प्रतिस्पर्धा गर्नेछ खेलाडी ।

महिलातर्फ – रशिला महर्जन नङ्सलदेवी तामाङ अनुमाया राई सीता राई जेसिका गुरुङ रन्जना भट्ट शोभा गौचन सीमा राजवंशी सुनैना मुखिया सम्झना शर्मा नीता लम्साल शशी खत्री लोक्तमा राई अग्रिमा भण्डारी प्रसुना खत्री अमिता गिरी पुजा श्रेष्ठ

पुरुषतर्फ –  दिपेश धामी रत्नजित तामाङ बिकास श्रेष्ठ प्रिन्स दाहाल नवीन श्रेष्ठ प्रफुल महर्जन जीवन आचार्य दीपक बोहोरा साजनकृष्ण ताम्रकार विजित थापामगर गौतम कठायत विष्णु कटुवाल सुनिल जोशी रुकेश महर्जन विशाल खड्का देवराज राना सुरज महर्जन

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.