default_image

6 years ago

September 20, 2019

संविधान दिवस – सावित्रासहित खेलाडी र प्रशिक्षकलाई पदक

292 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष तीन महत्वपूर्ण प्रतियोगितामा उच्च प्रदर्शन गरेको महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, कप्तान र महत्वपूर्ण खेलाडी पदकबाट विभुषित हुने भएका छन् । राष्ट्रपतिले संविधान दिवसको अवसर पारेर शुक्रबार विभिन्न पदकबाट विभुषित गर्ने व्यक्तिहरुको नाम घोषणा गर्दा खेल क्षेत्रबाट २१ जना समेटिएका छन् ।

जसमा फुटबलबाट राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्का, कप्तान निरु थापा र टोलीकी सबैभन्दा सफल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ परेकी छिन् । राष्ट्रपतिले विभिन्न क्षेत्रबाट ६ सय ३४ जनालाई पदकबाट सम्मान दिने घोषणा गर्दा खेलकुद क्षेत्रबाट पनि प्रशिक्षक, खेलाडी र पदाधिकारी समेटिएका हुन् ।

खड्काको प्रशिक्षणमा गत वर्ष नेपाली टोली साफ च्याम्पियनसिपमा दोस्रो स्थान, भारतमा भएको हिरो गोल्ड कपमा दोस्रो स्थान प्राप्त गरेको थियो भने पहिलो पटक सहभागी भएको ओलम्पिक छनोटमा दोस्रो चरणमा पुगेको थियो । खड्का प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट सम्मानित हुने भएका छन् ।

हालै मात्र नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने अनु लामाको कीर्तिमानसँग बराबरी गरकी सावित्राले जन सेवा श्री पञ्चम श्रेणी सम्मान पाउने छिन् । त्यस्तै कप्तान निरुले सुर्किती पदकबाट सम्मानित हुने भएकी छिन् । प्रशिक्षक खड्कासहित प्रबल जनसेवा श्री चतुर्थ श्रेणी पदक पाउनेमा नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह
, दीपक श्रेष्ठ, भारोत्तोलनकी टिकाकुमार पुन, रेस्लिङकी भगवती खड्का र सूर्यकुमारी गुरुङ छन् ।

 

सावित्रासहित जन सेवा श्री पञ्चम श्रेणी सम्मान पाउने घोषणा भएका खेलाडीमा अजय तामाङ, एसियन जुनियर एथलेटिक्स च्याम्पियन अजितकुमार यादव, हालै दुबई ओपन जितेर फर्केका ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन, पूर्व राष्ट्रिय फुटबल खेलाडी अनन्तराज थापा, क्रिकेटका सोमपाल कामी,सुटिङकी फुलमाया क्यापछाकी, करातेका मन्देकाजी श्रेष्ठ र विशेष खेलकुदकी महिमा कोइराला छन् ।

सेन्चुरी बैंकका प्रमुख बजार अधिकृति समेत रहेका नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का जनसेवा पन्चम श्रेणी पदकबाट सम्मानति हुने भएका छन् । त्यस्तै कप्तान निरुसहित सुर्किती पदक पाउनेमा पौडीकी गौरिका सिंह, भलिबलकी रेश्मा भण्डारी, गल्फका टंकबहादुर कार्की,सृजना माया लामा र बक्सिङका पुरन राईलाई सरकारले सुर्किती पदकबाट सम्मानित गर्ने जनाएको छ ।

 

 

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.