default_image

5 years ago

September 15, 2019

ब्याडमिन्टन टोली सिड्नी प्रस्थान

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । सुभाष श्रेष्ठको नेतृत्वमा रहेको ११ सदस्य टोलीका खेलाडीमा रत्नजित तामाङ, दिपेश धामी, विष्णु कटुवाल, दिपक बोहोरा, अनुमाया राई र शोभा गौचन रहेका छन् ।

प्रशिक्षकमा सुदिप कुमार योञ्जन र उदयकुमार श्रेष्ठ रहेका छन् । ब्यवस्थापकमा चन्द्र शेखर तामाङ र अनुज बस्नेत रहेका छन् । प्रतियोगिता १८ देखि २२ तारिख सम्म संचालन हुने हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाई गरे ।

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

November 25, 2024

डेविस कपमा सफल टेनिस टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]

November 16, 2024

शिभालीलाई दोहोरो उपाधि, राजवीर विजयी

काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]

Success

Thank you for your time.