5 years ago
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा जारी दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।
दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले प्रतियोगिताको पाँचौ वरीयताका बसन्त कुमार राजेन्दरनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपानधि नजिक पुगेको हो ।
अघि संस्करणमा यु–१५ ब्वाइजमा च्याम्पियन बनेका प्रिन्सले शनिबार बसन्त कुमारमाथि २१–१९ र २१–१४ को सहज जित निकाल्यो अब प्रिन्सले उपाधिका लागि आइतबार प्रतियोगिताको शीर्ष वरीयता प्राप्त भारतका वरुण कपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रिन्सले यसअघि सेमिफाइनलमा प्रतियोगितामा तेस्रो वरीयताका रोहन गुर्वानीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]