5 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालास्थित कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा नेपाल नम्बर एक रत्नजितले पुलिसका सुनिल जोशीलाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् ।
अव उनले फाइनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११ र २१–१५ ले पाखा लगाए । यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६ र २१–१६ को जित निकाल्दै सेमिफाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँगको भेट पक्का गरे । विकासले पुलिसका जीवन आचार्यमाथि २१–७, १८–२१ र २१–११ को जित निकाल्यो ।
पुरुष एकल खुल्लातर्फ सेनाका पविन लिनथेप, एपिएफका प्रियान्सु सिंह क्षेत्री, कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटाले अन्तिम चारमा स्थान बनाए । महिला युगलमा भोजपुरकी सीता राई र लोक्तमा राईको जोडीले रुपन्देहीका सुन्दरी थारु र पुजा बिष्टलाई २१–१९ र २१–१९ ले पराजित गर्दै विजयी सुरुवात गरेका छन् । कैलालीकी प्रार्थना देउवा र एलिना तिवारीको जोडी र बाँके÷मोरङ्गका सम्झना शर्मा र सिमा राजबंशीको जोडीले वाकओभर पाए ।
छात्र यु–१७ एकलतर्फ कैलालीका अमृत चौधरी, सेनाका भोजबहादुर गुरुङ, एपिएफका प्रियान्सु सिंह क्षेत्री र कञ्चनपुरका हिमाल चन्दले अन्तिम चारमा स्थान बनाए । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल खुल्लातर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्का, बाँकेकी सुष्मा श्रेष्ठ, कैलालीकी प्रार्थना देउवा र जेष्ट ब्याडमिन्टनकी सफी खत्रीले सेमिफाइनलमा स्थान बनाइन् ।
भेट्रान्स जोडीतर्फ सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङको जोडी, इलामका दर्शन भक्तराज र सञ्जय भक्तराज, धनकुटाकी किरण प्रधान र योगश्वर श्रेष्ठ तथा पाल्पाका विरेन्द सिंह बिष्ट र महेश बज्राचार्यको जोडी पनि सेमिफाइनलमा प्रवेश गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]