5 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल जुनियर च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन प्रिन्स दाहालले दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज २०१९ मा विजयी सुरुवात गरेका छन् ।
बिहीबार भएको ब्वाइज एकलमा प्रिन्सले घरेलु खेलाडी भरुणकार्थिक बराथी मोहनलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेका हुन् । पहिलो सेटमा २१–८ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेट २१–१५ ले आफ्नो पक्षमा पारेको थियो ।
यसअघि मिक्स डबल्स्मा प्रिन्स र सानिया चन्दको जोडीले घरेलु नवहान नाजिव र कारोलिन कोल्कुहोउनको जोडीमाथि २–० को सहज जित निकालेको थियो । सहज बनेको खेलमा प्रिन्सको जोडीले २१–१४ र २१–१७ को सहज जित निकाल्यो ।
प्रिन्सले संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्दै आइरहेका महेन्द्रनगर कञ्चनपुरकी सानिया चन्दसँग जोडी बनाएर खेलेका थिए ।
प्रिन्स यस प्रतियोगिताको गत संस्करणके विजेता हुन् । यस प्रतियोगिताका लागि प्रिन्स आफ्नै मामा तथा प्रशिक्षक कमलेस निरौलासँग गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]