6 years ago
September 8, 2019
एजेन्सी – अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्का एन्ड्रेस्कुले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाभि जितेकी छन् ।
न्युयोर्कमा शनिबार राति भएको खेलमा १५औं वरीयता प्राप्त १९ वर्षीय वियान्काले आठौं वरीयताकी सेरेनालाई ६–३ र ७–५ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी हुन् । सेरेनालाई पराजित गर्न वियान्काले १ घन्टा ४० मिनेट मात्रै समय खर्चिइन् । वियान्कासँग पराजित भएसँगै ३७ वर्षीय सेरेनाको २४औं ग्रान्डस्लाम जित्ने सपना तुहिएको छ ।
उनी क्यानडाबाट ग्रान्डस्लाम जित्ने पहिलो महिला खेलाडी समेत बनेकी छन् । यस्तै उनी २००४ पछि ग्रान्डस्लाम जित्ने पहिलो टिनेज खेलाडी बनेकी छन् । २००४ मा रसियन मारिया सारापोभाले टिनेजमा विम्वलडनको उपाधि जितेकी थिइन् । यस्तै २००६ मा सारापोभाले युए ओपन जितेकी थिइन् ।
सुरुवाती सेटदेखि नै सेरेनाविरुद्ध आत्मविशवासी भएर खेल्दा जित हात पार्न सकिएको र यसवर्ष सपना साकार भएको वियान्काले समर्थकमाझ बताएकी छिन् । ‘म कृतज्ञ र साँच्चिकै धन्य छु । यो क्षणको लागि मैले कडा मिहनेत गरेको छु । सेरेनासँग यो चरणमा खेल्नु मेरो लागि अचम्म बाहिरको कुरा हो ।’ वियान्काले भनिन् । यता, लगातार चार मुख्य उपाधिबाट चुकेकी सेरेनाले वियान्काले अविश्वनीय खेल खेलेको बताइन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।