6 years ago
July 15, 2019
एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिच पाँचौपटक विम्वल्डन टेनिसमा च्याम्पियन बनेका छन् ।
लगातार दोस्रो बर्ष विम्वल्डन टेनिसको च्याम्पियन बन्ने क्रममा जोकोभिचले तेस्रो वरीयताका स्वीस रोजर फेडेररलाई पराजित गर्दै लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो ।
लण्डनस्थित सेन्टर कोर्टममा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा ३–२ को सेटमा पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
४ घण्टा ५७ मिनेट चलेको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिचले फेडेररलाई ७–६ (७–५), १–६,७–६(७–४) र १३–१२ (७–३) को सेटमा पराजित गरे ।
जोकोभिचको यो करियरको १६ औं ग्राण्डस्लाम उपाधि हो । जोकोभिक सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्नेमा तेस्रोमा रहेका छन् ।
जोकोभिच भन्दा अघि फेडेररले २० र राफायल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]