5 years ago
July 14, 2019
एजेन्सी – पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेप पहिलोपटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएकी छिन् ।
हालेप विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो ।
शनिबार भएको फाइनलमा सातौ वरीयताकी हालेपले बेलायती सेरेना विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै उपाधि जितिन् । हालेपले सेरेनाविरुद्ध जित निकाल्न मात्रै ५६ मिनेटको समय खर्चिइन् ।
पुरुषतर्फ आज शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिक र तेस्रो वरीयताकी स्वीस रोजर फेडेररबीच खेल हुदैछ ।
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]