6 years ago
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सका अजित कुमार यादवसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट युवा खेलाडीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डको वर्ष उत्कृष्ट युवाका लागि प्रिन्स र अजितसँगै क्रिकेटका ललित नारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । उनीहरुले वर्ष २०७५ साल भर गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक तथा मञ्चका सचिव गोविन्द रेग्मीले जानकरी गराए ।
ब्याडमिन्टनका प्रिन्स दाहाल
एथलेटिक्सका अजित यादव
क्रिकेटका ललित नारायण राजवंशी
फुटबलकी मन्जली कुमारी योञ्जन
कराँतेका विजय श्रेष्ठ
मञ्चले यसअघि अवार्डको सबैभन्दा प्रतिष्ठित विधा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ । जसमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा छन् ।
यसपटकको अवार्ड १७ असारमा कमलादीस्थित नेपाल एकेडेमी हलमा आयोजना हुदैछ । खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘स्पोर्ट्स अवार्ड’ नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित कार्यक्रम हो । यसपटक नौ विधा र एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गर्दैछौं ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते कार्यक्रमकै दिन गरिनेछ । विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० सीसीको मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार (पावर्ड बाइ) र अर्को मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ ।
सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मेको आधिकारिक बिक्री वितरक केल्मे नेपाल), सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोर्ट्स, इमेजिङ प्रायोजक रहेको छ । अवार्डलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पनि सहयोग रहेको छ । अवार्डको प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्नेछ ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]