6 years ago
June 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले अष्ट्रेलियामा अर्काे स्वर्ण जित्न सफल भएको छ ।
एक साताअघि ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पारेको निरले शनिबार ‘गोसेन ब्रिसवन ग्राडेड च्याम्पियनसिपको पुरुष एकलमा स्वर्ण जित्न सफल भएका हुन् ।
उनले अष्ट्रेलियाका इमफरेइम स्टेफनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएक हुन् ।
यस प्रतियोगितामा विभिन्न २५ राष्ट्रका १९७ जना खेलाडीहरुले सहभागिता जनाएको अन्तर्राष्ट्रिय लाइन जज तथा ब्याडमिन्टन एसियाका अम्पायर उदय अर्यालले हाम्रो खेलकुदलाई जानकारी गराए ।
निर नेपाली वरीयतामा १७औं स्थानमा रहेको छ । उनी केही समय अघि अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका हुन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]