6 years ago
June 9, 2019
एजेन्सी । अष्ट्रेलियाकी पुर्व क्रिकेटर एसीलेइग बार्टीले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् ।
बार्टीले आफ्नो खेल करियरको शुरुवात लन टेनिसबाट गरेपनि उनी क्रिकेटमा लागेकी थिइन् । २३ बर्षीय बार्टीले १७ महिना अघि क्रिकेट त्याग्दै टेनिसमा फर्किएकी थिइन् । टेनिसमा फर्किए लगत्तै उनले ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी हुन् ।
पेरिसमा भएको फाइनलमा आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरिन् । बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।
यससँगै बार्टी सन् १९७३ पछि फ्रेन्च ओपन जित्ने पहिलो अष्ट्रेलियन महिला खेलाडी बनिन् । च्याम्पियनबनेसँगै बार्टी दोस्रो वरीयतामा उक्लिदा भोनड्रोउसोभा १६औं वरीयतामा झरेकी छन् ।
पुरुषतर्फको उपाधिका लागि दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल र चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो वर्ष पनि यि दुईले नै फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा नाडालले बाजी मारेको थियो ।
थेइमले शीर्ष वरीयताका सर्वियन नोभाका जोकोभिचलाई ३–२ को कठिन सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरे । पहिलो सेट थेइमले ६–२, ३–६, ७–५, ५–७ र ७–५ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भए । फाइनल आज हुदैछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।