6 years ago
June 8, 2019
एजेन्सी – तेस्रो वरीयताका भेट्रान स्वीस रोजर फेडेररमाथि सहज जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ३–० को सोझो सेटमा पराजित गर्दै फ्रेन्च ओपनको उपाधिनजिक पुगेको हो ।
एकपक्षीय बनेको खेलमा नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरेको हो । यससँगै नाडाल फ्रेन्च ओपनको १२औं उपाधि नजिक पुगेको छ । नाडाले ११ फ्रेन्च ओपन जितिसकेका छन् ।
नाडालले अब फाइनलमा शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच र अष्ट्रेलियन डोमिनिक थेइमको विजेतासँग खेल्नेछ ।
फेडेररलाई पराजित गरेसँगै नाडालले फेडेररसँगको खेल सधै टफ र विशेष हुने बताउदै उनी मेरो टेनिसको इतिहासमा उत्कृष्ट खेलाडी रहेको बताए ।
महिलातर्फ चेककी मार्केटो भोनड्रोउसोभा र अष्ट्रेलियन एसिलेस बार्टी फाइनलमा प्रवेश गरेकी छन् । मार्केटोले बेलयाती जोहाना कोन्टालाई ७–५ र ७–६ को अन्तरमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्काे सेमिफाइनलमा एसिलेस बार्टीले एनिसिमोभालाई ६–७, ६–३ र ६–३ को अन्तरमा पराजित गर्दै मार्केटोसँगको भेट पक्का गरिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।