6 years ago
June 2, 2019
एजेन्सी – शीर्ष वरीयताकी जापानी नाओमी ओसाका फ्रेन्च अोपन टेनिसको चौथो चरणबाटै बाहिरिएकी छन् ।
आइतबार राति भएको खेलमा ओसाका ४२औं वरीयताकी चेकगणतन्त्रकी क्याटरिना सिनियाकोभासँग २–० को सोझो सेटमा पराजित हुदै राउन्ड अफ ३२ बाटै बाहिरिएकी हुन् । ओसाका क्याटरिनासँग ६–४ र ६–२ को सेटमा पराजित भएकी हुन् ।
११औं वरीयताकी अमेरिकी सेरेना विलियम्स पनि आफ्नै देशकी केनिनसँग ६–२ र ७–५ ले पराजित भइन् ।
तेस्रो वरीयताकी सिमोना हालेपले सुरेन्कोलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।