default_image

6 years ago

May 22, 2019

टोटल बिडब्लुएफ सुदिरमान कपः नेपालको लगातार तेस्रो हार

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चीनको नानिङ शहरमा जारी टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल तेस्रो खेलमा न्युजिल्यान्डसँग ४–१ ले पराजित भएको हो ।

रत्नजित तामाङ । फाइल तस्बिर

यसअघि नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले तथा अष्ट्रेलियासँग ३–२ ले पराजित भएको थियो । बुधबार भएको मिक्स टिम च्याम्पियनसिप अन्तरगत ५ विधाको पुरुष एकलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङले मात्रै जित हात पार्दा अन्य चार विधा महिला एकल, पुरुष डबल्स्, महिला डबल्स् र मिक्स डबल्स् सबैमा पराजित हुन पुग्यो ।

रत्नले इडवार्ड लोउमाथि २१–१० र २४–२२ को जित निकालेको थियो । पुरुष डबल्समा रत्न र दिपेश धामीको जोडी ओलिभर ेडेन डेभिस र अभिनभ मनओटासँग २–१ को सेटमा पराजित भयो । पहिलो सेट १९–२१ ले गुमाएको रत्न र दिपेशको जोडीले दोस्रो सेट २३–२१ ले जित्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तर, तेस्रो सेटमा २१–१३ ले सहजै पराजित हुन पुग्यो ।

मिक्स डबल्स्मा दिपेश धामी र अमिता गिरीको जोडी ओलिभर लेडन डेभिस र अनोना पाकको जोडीसँग २१–७ र २१–७ ले पराजित भयो । महिला एकलमा नङ्सलदेवी तामाङ सल्ली फुसँग २३–२१ र २१–१२ ले पराजित भइन् । महिला डबल्स्मा अमिता गिरी र नङ्सलको जोडी एल्यासा ट्याग्ली र जस्टिन भिलेगाससँग २१–१७ र २१–१५ ले पराजित भयो ।

यससँगै नेपाल ५ सिरिजको खेलको तीन चरणको खेल सकिदा नेपाल ३–० ले पछि परेको छ ।
नेपाली टोलीले मिक्स टिम च्याम्पियनसिप अन्तरगतको ५ विधामा प्रतिस्पर्धा गर्नेछ । जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल्स्, महिला डबल्स् र मिक्स डबल्स् रहेका छन् । एक राष्ट्रले पाँचै विधामा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.