6 years ago
April 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक रत्नजित तामाङ चीनको वुहानमा सञ्चालन भैरहेको ब्याडमिन्टन एसिया २०१९ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।
रत्नले पुरुष एकलको पहिलो खेलमा लाओसका नमवुन लुआङ्गामाथमाथि २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नले पहिलो सेटमा २१–१५ को जित निकाले पनि दोस्रो सेट १९–२१ ले गुमाएको थियो । तर, तेस्रो सेट रत्नले २१–१२ ले सहजै जिन्त सफल भएको थियो ।
राष्ट्रिय प्रतियोगिताको थकान मेट्न नपाउदै चीन पुगेका रत्नले पहिलो खेलमै जित हात पारेका हुन् । ब्याडमिन्टन एसियामा रत्नसँगै दोस्रो वरीयताका दिपेश धामी पनि छन् । रत्नले पुरुष एकल र पुरुष डबल्समा प्रतिस्पर्धा गर्नेछ । रत्नलाई दिपेशले पुरुष डबल्समा साथ दिनेछ ।
दुवै दाङको घोराहीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्र्तगत ४०औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप लगत्तै चीन प्रस्थान गरेका थिए । आठौंमा दिपेशले रत्नजितलाई पराजित गरेका थिए ।
राष्ट्रिय प्रतियोगिता पश्चात ब्याडमिन्टनका रत्नजित र दिपेशसँगै प्रिन्स दाहाल अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि बाहिर छन् । प्रिन्स सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज २०१९ का लागि थाइल्यान्डमा छन् ।
ब्याडमिन्टन एसिया च्याम्पियनसिप एसियाको ब्याडमिन्टनको सबैभन्दा ठुलो प्रतियोगिता हो । रत्न र दिपेशले वाइल्ड कार्डमार्फत च्याम्पिययनसिपमा प्रवेश पाएका थिए ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]