6 years ago
April 17, 2019
दाङ (हाम्रो खेलकुद)– ब्याडमिन्टनका शीर्ष वरियताका त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफका दीपेश धानी र सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाल पनि प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् ।
४० औं राष्ट्रिय ब्याडमिन्टनका रुपमा रहेको प्रतियोगितामा रत्नले एपिएफका गौतम कठायतलाई २१– ७, २१ – ९ ले हराए । दीपेशले सुदूरपश्चिमका देवराज शर्मालाई २१ –१३, २१–१२ ले पराजित गरे । प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई २१–२३, २१–१०, २१–१० ले हराउँदै अघि बढेका हुन् ।
आर्मीका नविन श्रेष्ठ,प्रफुल महर्जन, पुलिसका जीवन आचार्य र दीपक बोहोरा तथा प्रदेश १ का विकास श्रेष्ठ पनि अन्तिम आठ प्रवेश गरे । नविनले एपिएफका विजित थापा मगरलाई २२ –२०, २१–८ ले हराए ।
प्रफुलले एपिएफकै साजन कृष्ण ताम्राकारलाई १३ – २१, २१– १८, २१ –१२ ले हराए । पन्छाए । जीवनले आर्मीका विशाल खड्कालाई २१–१०, २१–१४, दीपकले आर्मीका रुकेश महर्जनलाई १४ – २१, २१–१७, २१–१५ र बिकासले पुलिसका सुनिल जोशीलाई २१–११, २१–११ ले हराए ।
घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ आर्मीका चार खेलाडी नङशल देवी तामाङ, रशिला महर्जन, रञ्जना भट्ट र अनुमाया राई अन्तिम आठमा पुगेका छन् ।
नङशलले प्रदेश ५ की संझना शर्मालाई २१–६, २१–१२, रसिलाले आर्मीकै लोक्तमा राईलाई २१–६, २१–७ ले, रञ्जनाले एपिएफकी सुनैना मुखियालाई २१–१७, २१–११ ले र अनुमायाले सुदूरपश्चिमकी प्रशुना खत्रीलाई २१– ३, २१–९ ले हराइन् ।
एपिएफकी जेशिका गुरुङ र शोभा गौचन तथा प्रदेश १ का सिता राई र सिमा राजबंशी े पनि अन्तिम आठा यात्रा तय गरे । जेशिकाले कर्णाली प्रदेशकी अग्रीमा भण्डारीलाई २१–१, २१–१३ ले र शोभाले प्रदेश १ की निता लम्साललाई २१–१९, २१–५ ले पराजित गरिन् । सिताले प्रदेश ३ की सफी खत्रीलाई २१–८, २१–१३ ले तथा सिमाले गण्डकीकी पुनम गुरुङलाई २१ –१८, २१–१५ ले हराइन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]