6 years ago
April 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेस्टमा आयोजना हुने विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली टोलि बिहिबार त्यसतर्फ प्रस्थान गर्ने छ ।
विश्व टेवल टेनिस च्याम्पियनसिप २१ अप्रिलबाट २८ अप्रिलसम्म आयोजना हुदैछ । ६ खेलाडी र दुई पदाधिकारीसहितको ८ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिदाई गरे ।
खेलाडीहरुमा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठसँगै बिनेश खनिया, सुनिल शर्मा, दीक्षा तामाङ र स्वेच्छा नेम्वाङ छिन् । पदाधिकारीमा नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य र उपाध्यक्ष धर्ममान बज्राचार्य छन् ।
खेलाडीलाई बिदाई गर्दै ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सकरात्मक नतिजाको लागि खेल्न आग्रह गरे । संघका अध्यक्ष वैद्यले विश्वस्तरको च्याम्पियनसिपले नेपालमै आयोजना हुन लागेको १३औं सागका लागि खेलाडीलाई फाइदा हुने बताए ।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]
February 19, 2025
सुमन अधिकारी, बुटवल सुनिरा थापाले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको वुमन्स सिंगलको उपाधि जितेकी छिन् । गत वर्षकी विजेता एवम् शीर्ष वरियता अभिलाषा विष्टलाई बुधवार पराजित गर्दै सुनिराले उपाधि जितेकी हुन् । सिंगलमा भगवती विक तेस्रो भएकी छन् । फाइनलका दौरानमा घाइते भएपछि अभिलाषाले मैदान छाडेकी थिइन् । दोस्रो सेट […]