6 years ago
April 16, 2019
घोराही (हाम्रो खेलकुद) –नेपाल नम्बर एक खेलाडी दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४०औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको महिला र पुरुष एकलतर्फको क्वाटरफाईनलमा पुगेका छन् ।
आर्मीकी नङ्शलले आफ्नै क्लबकी गीता राईलाई २१–११ र २१–११ को अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् । आर्मीाबाटै खेलेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई २१–११ र २१–७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।
यस्तै महिला एकलतर्फ आर्मीकी रशिला महर्जन, अनुमाया राई, रञ्जना भट्ट र लोक्तमा राईले पनि दोश्रो चरणमा स्थान बनाए । रशिलाले एपिएफकी अञ्जना राईलाई २१–१२ र २१–७ ले, अनुले प्रदेश १ की अरुण तामाङलाई २१–११ र २१–५ ले, रञ्जनाले सुदूरपश्चिमकी निलिमा महरालाई २१–६ र २१–८ ले तथा लोक्तमाले प्रदेश ३ की मनिण खड्कालाई २१–१४ र २१–१० ले हराइन् ।
एपिएफका जेशिका गुरुङ, शोभा गौचन र सुनैना मुखिया पनि क्वाटरफाइनलमा पुग्न सफल भए । जेशिकाले प्रदेश ५ की सुष्मा श्रेष्ठलाई २१–१० र २१–९ ले, शोभाले सुदूरपश्चिमकी बिष्णा बिष्टलाई २१–१४ र २१–१० तथा सुनैनाले प्रदेश १ की रोज पाण्डेलाई २१–१०, १९–२१ र २१–१६ ले पाखा लगाइन् ।
दोश्रो चरण प्रवेश गर्नेमा प्रदेश ५ की सम्झना शर्मा, प्रदेश १ की निता लम्साल, सिता राई, सिमा राजबंशी, प्रदेश ३ की सफी खत्री, गण्डकी प्रदेशकी पुनम गुरुङ, कर्णाली प्रदेशकी अग्रीमा भण्डारी र सुदूरपश्चिमकी प्रसुना खत्री छन् ।
घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ एपिएफका दिपेश धामी प्रदेश ३ का रमेश श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे । एपिएफका गौतम कठायत, विजित थापामगरले पनि अन्तिम आठमा स्थान बनाए । गौतमले प्रदेश ५ का विश्वास नेपाललाई २१–१२ र २१–१२ ले तथा विजितले एपिएफकै निरञ्नन देवकोटालाई १५–२१, २१–१३ र २१–१२ ले पराजित गरे ।
टिम इभेन्ट्समा रत्नजितलाई पराजित गरि सनसनी मच्चाएका अन्तर्राष्ट्रिय पदकधारी सुदूरपश्चिमका प्रिन्स दाहालले एपिएफका सुमन लिम्बुलाई २१–१८ र २१–७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यसैगरि पुरुष एकलमा सेनाका विशाल खड्का, प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन, पुलिसका बिष्णु कटुवाल, सुनिल जोशी र दीपक बोहरा, प्रदेश १ का विकाश श्रेष्ठ र सुदूरपश्चिमका देवराज शर्माले पनि पहिलो चरण पार गरे ।
एपिएफका दीपेश धामी र विजित थापामगरको जोडी पुरुष युगलतर्फ पनि दोश्रो चरण प्रवेश गर्न सफल भए । दीपेश र विजितको जोडीले प्रदेश ३ का विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१–१८ र २१–१९ ले हराएको थियो ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]