default_image

6 years ago

April 15, 2019

ब्याडमिन्टनको टिम इभेन्ट्समा एपिएफ र आर्मीलाई स्वर्ण

157 views

0 Bookmark

घोराही (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा विभागिय टोलीले सफलता हासिल गरेका छन् । टिम इभेन्ट्सको महिलामा एपिएफ र पुरुषमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक जिते । सेमिफाइनलमा सुदूरपश्चिम आर्मीसंग र प्रदेश १ एपिएफ संग समान २–० को पराजित भएका थिए ।

पुरुषतर्फ आर्मीले एपिएफमाथि ३–२ को कठिन जित हासिल गर्दै स्वर्ण पदक जितेको थियो । टिम ईभेन्ट्सको पुरुष एकलतर्फ नम्बर एक खेलाडी रत्नजित तामाङ्खलाई एपिएफका दिपेश धामीले २१–११ र २१–१२ अंकका साथ सहज पराजित गर्दै खेललाई १–० को अग्रता दिलाए । एक गेमको अग्रता लिएको एपिएफका सुदीप सेढाईलाई आर्मीका नविन श्रेष्ठले पराजित गर्दै खेल बराबरीमा ल्याए ।

एपिएफका गौतम कठायतले आर्मीका प्रफुल महर्जनलाई पराजित गरेपछि एपिएफले २–१ को अग्रता बन्यो । पुरुष एकलमा हार ब्यहोरेका रत्नले नविनसँग मिलेर टिम ईभेन्ट्सकै पुरुष जोडीमा एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडीलाई पराजित गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेढाईको जोडीलाई हराएपछि आर्मीले ३–२ सेटका साथ आर्मीले स्वर्ण पदक जितेको थियो ।
अर्को विभागिय टोली पुलिस र सुदूर पश्चिम पुरुष टिम इभेन्ट्सतर्फ संयुक्त रुपमा तेश्रो भए । सेमिफाइनलमा एपिएफले पुलिसलाई ३–० ले रआर्मीले सुदूरपश्चिमलाई ३–१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१–१८ र २१–१४ ले पाखा लगाउँदै फाईनल प्रवेश गर्ने आशा दिलाएता पनि अन्य खेलाडीहरुले दाहालको लयलाई समात्न नसकेका कारण सेनालाई जित सुम्पन बाध्य भयो ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्ण बहादुर बोहराले प्रदेश ३ का भोज बहादुर गुरुङ्खलाई २१–१३ र २१–१२ ले पराजित गर्दै दोश्रो चरणमा पुगे । प्रदेश ५ का विश्व नेपाल र पुलिसका जीवन आचार्य पनि पनि दोश्रो चरणमा पुगेको छ । विश्वले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११–२१, २१–१३ र २१–६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१–७ र २१–११ ले पराजित गरे ।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.