default_image

9 years ago

April 30, 2016

संरक्षक र मायांका च्याम्पियन

134 views

0 Bookmark

संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।

mayanka and sanrakshyan

सिटिजन्स बैंक टेनिसको पुरुष÷महिला सिंगल्स उपाधि विजेता संरक्षकभूषण वज्राचार्य (बायाँ) र मायांका राणा ।

काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्सउपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ६–७, ६–२ र ६–२ ले हराइन् । मायांकाले लगातार दोश्रो पटक उपाधि जितेकी हुन् । पुरुष÷महिला सिंगल्स विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा भेट्रान्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रान्स ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा बाहेक सबैमा नगद पुरस्कार राखिएको थियो । जम्मा २ लाख ९ हजार रुपैयाँ नगद पुरस्कार बाँडियो ।

यसअघि पुरुष डबल्समा कुमार अधिकारी र जितेन्द्र परियार तथा मिक्स डबल्समा संरक्षक र विभूति कार्कीको जोडी पहिलो भएका थिए ।
भेट्रान्स ३५ वर्षमाथि श्रीराम मगर, ४५ वर्षमाथि कृष्णराज घले, ५५ वर्षमाथि मनोज राणा तथा ६५ वर्षमाथि दीपकमान श्रेष्ठले शीर्ष स्थान हात पारेका थिए ।

त्यस्तै डबल्सको ३५ वर्षमाथि राजु क्षेत्री र राजेश क्षेत्री, ४५ वर्षमाथि राजु क्षेत्री र डेगेन्द्र थापा तथा ५५ वर्षमाथि मनोज राणा र छेम्बा डुन्डुपको जोडी च्याम्पियन बनेका थिए ।

विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट, मुख्य प्रायोजक सिटिजन्स बैंकका अध्यक्ष डा. शंकर शर्मा, अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भूकम्प गएको एक वर्ष पुगेको दिन बैशाख १२ गतेबाट सुरु प्रतियोगितामा १४ महिलासहित १ सय ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गत बैशाख १२ गतेको भूकम्पले त्रिपुरेश्वरमा रहेको राखेपको कोर्टमा क्षति पुगेपछि प्रतियोगिताको चौथो संस्करण स्थगित भएको थियो । त्यो वर्ष बैशाख १३ गतेदेखि सुरु हुने गरी प्रतियोगिताको मिति तोकिएको थियो । कोर्टको मर्मत सम्भार गरी प्रतियोगिता आयोजना गरिएको हो ।

February 16, 2025

बुटवलमा खुला लन टेनिस हुँदै

सुमन अधिकारी, बुटवल बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए […]

January 16, 2025

वासुकलालाई टेबल टेनिस मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)-  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मोहनदास वासुकलालाई टेबल टेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबल टेनिसका नायव वरिष्ठ प्रशिक्षक वासुकलालाई बुधवार राखेप सदस्यसचिव स्तरीय निर्णय मार्फत मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले वासुकलालाई बिहीवार जिम्मेवारीको पत्र हस्तान्तरण गरे […]

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

Success

Thank you for your time.