default_image

6 years ago

March 24, 2019

अम्पायर तथा लाइन जज अर्याल हङकङमा सम्मानित

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर तथा लाइन जज उदय अर्याललाई हङकङ ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् ।

नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङकङमा जारी तोङ युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका निर्वाह गरिरहेका छन् ।

अर्याललाई हालै मात्र बिश्व ब्याडमिन्टन महासंघले एशियाली र बिश्वस्तरको प्रतियोगिताका लागि लाईन जजको भूमिका निर्वाह गर्नका लागि मान्यता प्रदान गरेको छ । लाईन जजको मान्यता प्राप्त गरे पश्चातको अर्यालको यो उक्त भूमिकामा पहिलो प्रतियोगिता हो ।

सोहि अवसर पारेर हङकङ ब्याडमिन्टन संघले अर्याललाई सम्मान गरेको हो । संघले अर्याललका साथै भारतका तीन र नेपालका पूर्व भबिल खेलाडी एवं प्रशिक्षक जय नारायण चौधरीलाई समेत सम्मान गरेको हो ।

सो अवसरमा संघका अध्यक्ष राई, संस्थापक सदस्य हेम प्रताप गुरुङ्गले यस्तो ठुलो प्रतियोगितामा अर्यालको सहभागिताले नेपालीहरु गौरवान्वित बनाएको बताए ।

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

Success

Thank you for your time.